जिल्ला बन कार्यालय आफ्नो भवनमा स¥यो 

६ बर्ष अघि

२0७५ श्रावण २ बुधबार

जिल्ला बन कार्यालय आफ्नो भवनमा स¥यो 

दृष्टीकोण समाचार साउन १ दार्चुला । २०७० सालमा महाकाली नदिमा आएको बिनासकारी बाढीले जिल्ला बन कार्यालय लगायत डेढ दर्जन कार्यालयहरु बगाएपछि विस्थापित भएको जिल्ला बन कार्यालय असार ३२ गतेबाट आफ्नै नयाँ भवनमा सरको छ ।  महाकाली नगरपालिका वडा नम्बर ४ स्थित विरेन्द्र बन क्षेत्रमा बनेको नयाँ कार्यालय भवनमा बन कार्यालय सरेको हो । जिल्ला समन्वय समितिका प्रमुख करबिर बहादुर कार्कीले नयाँ भवनको उद्घाटन गर्नु भएको हो । झण्डै चार बर्ष भाडामा सञ्चालनमा रहेको बन कार्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछि आजबाट नयाँ भवनबाटै कार्यालयको नियमित कामकाज सुरु भएको जिल्ला बन अधिकृत संजय तिवारीले जानकारी दिनुभयो । 
आर्थिक बर्ष २०७३÷७४ बाट निर्माण कार्य सुरु गत आर्थिक बर्षमा भवन निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणमा झण्डै ५५ लाख रुपैँया खर्च भएको छ । यो भन्दा पहिले मासिक २० हजार रुपँैया भाडा तिरेर कार्यालयमा सञ्चालनमा रहेको थियो ।