भारतको उपहार ब्याँसमा एम्बुलेन्स, सुन्सेरामा बुधबार हस्तान्तरण गरियो

३ बर्ष अघि

२0७७ आश्विन २८ बुधबार

भारतको उपहार ब्याँसमा एम्बुलेन्स, सुन्सेरामा बुधबार हस्तान्तरण गरियो

दृष्टिकोण समाचार असोज २८ दार्चुला । भारतले उपहार स्वरुप ब्याँस गाउँपालिकालाई दिएको एम्बुलेन्स बुधबार गाउँपालिका केन्द्र सुन्सेरामा हस्तारन्तरण गरिएको छ । असोज १६ गते महात्मा गान्धीको १ सय ५१ औँ जन्म जयन्तीको अवसरमा नेपाल—भारत मैत्री संघले व्याँस गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको थियो । 
नेपाल भारत मैत्री संघका केन्द्रीय सल्लाहकार सदस्य बासुदेब ऐतवालले गाउँपालिका उपाध्यक्ष हेमा भट्टलाई एम्बुलेन्स हस्तान्तरण गरेको ब्याँस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभयो ।