सीमापुल आधा घण्टा खुल्यो, ६२ जना भित्रिए, ५८ जना बाहिरीए,

३ बर्ष अघि

२0७७ आश्विन २८ बुधबार

सीमापुल आधा घण्टा खुल्यो, ६२ जना भित्रिए, ५८ जना बाहिरीए,

दृष्टिकोण समाचार, असोज २८ दार्चुला ।नेपाल भारत जोड्ने दार्चुला जिल्लाको झोलुङ्गे पुल बुधबार दिउँसो आधा घण्टाका लागि  खुल्ला गरिएको छ । बुधबार दिउँसो ३ः ५५ बजेदेखि साढे चार बजेसम्म खुल्ला गरिएको सीमा नाकाबाट ३२ पुरुष तथा २६ महिला गरी ६२ जना भित्रीएका छन् भने ५८ जना बाहिरिएका छन् । 
भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु स्वदेश फर्केकोे तथा भारतको विभिन्न ठाउँमा काम गर्न जाने नेपालीहरु भारततर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।