बैतडीमा शिक्षा सम्बन्धी बार्षिक कार्यक्रम कार्यान्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न 

३ बर्ष अघि

२0७७ आश्विन २८ बुधबार

बैतडीमा शिक्षा सम्बन्धी बार्षिक कार्यक्रम कार्यान्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न 

बैतडी असोज २८ ।  बैतडी जिल्लामा स्थानिय तहका पदाधिकारीहरुका लागी बार्षिक कार्यक्रम कार्यान्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय ईकाई बैतडीको आयोजनामा शैक्षिक क्षेत्रका बिभिन्न बार्षिक कार्यक्रमहरुको बारेमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो । स्थानिय तहमा बित्तिय हस्तान्तरण भएका सर्शत अनुदान सम्बन्धिका कार्यक्रमहरुको बिषयमा छलफलका लागी कार्यक्रमको आयोजना गरिएको हो । जिल्लाका स्थानिय तहका शिक्षा संयोजकहरुको सहभागीतामा स्थानिय तहमा रहेका शैक्षिक समस्याहरु, दशरबन्दी मिलान कार्यको प्रगति र जटिलताहरु, बिद्यालय मर्ज सम्बन्धि प्रगती र जटिलताहरु र बिभिन्न कार्यक्रम कार्यान्वयनमा आएका समस्याहरुको बारेमा गहन छलफल गरिएको शिक्षा बिकास तथा समन्वय ईकाई बैतडीका ईकाई प्रमुख नरेन्द्र प्रसाद अबस्थीले जानकारी दिनुभयो । यस्तै कोभिड १९ले शिक्षणमा पारेको प्रभाब र हालको अबस्था र बिद्यालयको निर्मलीकरणको अबस्था, बैकल्पीक शिक्षण सिकाई निर्देशिका २०७७ को कार्यान्वयनको अबस्था, बैकल्पीक माध्यमहरुको बर्गीकरण र बिद्यालय सञ्चालनको अबस्थाको बारेमा कार्यक्रममा छलफल गरिएको छ