बैतडीमा दशैमा लाग्ने जात्रा नहुने भए पछि भक्तजनहरु असन्तुष्ट

३ बर्ष अघि

२0७७ आश्विन २८ बुधबार

बैतडीमा दशैमा लाग्ने जात्रा नहुने भए पछि भक्तजनहरु असन्तुष्ट

जनक साउद असोज २८ बैतडी । बैतडीमा दशैमा लाग्ने जात्रा नहुने भए पछि भक्तजनहरु असन्तुष्ट भएका छन । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले जात्रा मनाउन रोक लगाउने भने पछि भक्तजनहरु रुष्ट भएका हुन । कोरोना जोखिम नियन्त्रण जिल्ला स्तरिय समन्वय समितिको बैठकले जिल्लाका सक्तीपिठहरुमा दशैमा लाग्ने मेला पर्वहरु नगर्ने नगराउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर बढ्दै गएकोले जिल्लाका बिभिन्न शक्तिपिठह?मा लाग्ने जात्रा यस बर्ष नहुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौको प्रसिद्ध शक्तिपिठ निगंलाशैनी भगवती मन्दिरमा गत बिगतका बर्षहरुमा सयौ रागांहरुको बली दिईने गरेको भए पनि यस बर्ष भने बली गर्न नपाईने भएको छ । गत चैत्रमा लाग्ने जात्रामै बली दिनका लागी रागांहरु खरिद गरेको भए पनि बलीदिन नपाउँदा भक्तजनह?ले घरमै रागांहरु राख्नु परेको छ ।कोरोना महामारी सुरु भए पछि कुनै पनी जात्रामा रागांह?को बली दिन नपाउँदा घरमै पाल्नुपर्दा समस्या भएको दशरथचन्द नगरपालिका २ देहीमाण्डौका चन्द्र बहादुर बोहराले दुःखेसो गर्नुभयो । उनले भने “नत गोठमा बाध्न सकिन्छ, नत यो हिउँदमा हिउँमा त्रिपालमुनि पाल्न सकिन्छ , गोठमा ठाउँ नभए पछि हामीले त्रिपाल टांगेर रागां पालेका छौ , धेरै समस्या भएको छ ।” यस पाली पनी रागांको बली दिन नपाएमा रागांहरुको जिम्मा सरकारले लिनु पर्ने उहाँको भनाई छ ।यस्तै जिल्लाका अन्य ठाउँका भक्तजनहरुलाई पनी रागांको बली दिन नपाउँदा समस्या भएको छ । यता प्रशासनले भने मेला पर्वमा हुने पुजाआजा तथा बली चढाउने लगायतका क्रियाकलाप पुर्ण रुपमा रोक लगाउने जनाएको छ ।