बैतडीको पाटन नगरपालिकामा कडाईका साथ लकडाउन गर्ने निर्णय

३ बर्ष अघि

२0७७ आश्विन २८ बुधबार

बैतडीको पाटन नगरपालिकामा कडाईका साथ लकडाउन गर्ने निर्णय

जनक साउद असोज २८ बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिकाले थप प्रभाबकारी रुपमा नगरपालिका लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकामा कोरोनाका बिरामीहरु अप्रत्यासित रुपमा बढ्न थाले पछि नगरपालिकाले थप प्रभाबकारी रुपमा लकडाउन गर्ने निर्णय गरेको जनाएको छ । नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीको अध्यक्षतामा बसेको आकस्मिक सर्बपक्षिय बैठकले बिहिबारबाट लागु हुने गरी नगरपालिका क्षेत्र भित्र बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बैठकले दशै तिहारको समयमा गाउँघर तथा बजार क्षेत्रहरमा बढी भिडभाड र चहलपहल हुने भएकोले जीप भाडाँमा लिई सुरक्षाकर्मी तथा अनुगमनकर्ताहरुले निगरानी गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमणले बिकराल रुप लईरहेकोले स्थिति नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै पालिका क्षेत्र भित्र भिडभाड, ओहोरदोहोर कम गर्न नगरपालिका क्षेत्र भित्र भोली बिहिबारदेखि बजार ब्यबसाय, होटेल तथा रेष्टुरेन्टहरु, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलन र आवात जावत ५ दिन सम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यस्तै बैकं तथा बित्तिय संस्थाह? कार्तिक १ देखि ३ दिन सम्मका लागी बन्द गर्ने निर्णय गरिएको छ । यस अगाडी नगरपालिकामा कार्यरत २ जना कर्मचारीका कोरोना देखिए पछि नगरपालिकाको कार्यालय र १० ओटै वडा कार्यालयहरु बन्द गरिएको थियो । पाटन नगरपालिका भित्र पछिल्लो समय कोरोनाका बिरामीहरु बढ्रदै गएका छन ।