बैतडीका थप चार जनामा कोरोना पुष्टि 

३ बर्ष अघि

२0७७ आश्विन २८ बुधबार

बैतडीका थप चार जनामा कोरोना पुष्टि 

जनक साउद असोज २८ बैतडी । बुधबार बैतडीका थप चार जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका ४ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा बैतडीको सुर्नया गाउँपालिका २ का २१ र २५ बर्षीय गरी २ जना पु?ष, सुर्नया गाउपालिका ४ का १ जना २२ बर्षीय पुरुष र पाटन नगरपालिका ७ का २९ बर्षीय १ जना पुरुष रहेको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी मोहन ठगुन्नाले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १ सय २३ जनाको कोरोना परिक्षण गरिएको थियो । यो सगैै बैतडीका कोरोना संक्रमीतको संख्या ४ सय ४९ पुगेको  छ ।