दार्चुला थप १ जनामा कोरोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ आश्विन २८ बुधबार

दार्चुला थप १ जनामा कोरोना संक्रमण पुष्टि 

दृष्टिकोण समाचार असोज २८ दार्चुला । दार्चुला थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा महाकाली नगरपालिका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । यो सँगै दार्चुला कोरोना संक्रमतिको संख्या १ सय ५३ पुगेको छ । जसमध्ये ९८ जना निका भई घर फर्किसकेका छन् भने संक्रमितमध्ये ८ जना आइसोलेसन र ४६ जना होम आइसोलेसनमा रहेका जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी  कार्कीले बताउनु भयो ।