किसान परिचयपत्र वितरण गरि कृर्षक छनोट गरिने ः कृषि मन्त्रि चौधरी  

३ बर्ष अघि

२0७७ आश्विन २७ मंगलवार

किसान परिचयपत्र वितरण गरि कृर्षक छनोट गरिने ः कृषि मन्त्रि चौधरी  

दृष्टिकोण समाचार असोज २७ दार्चुला । सुदुरपश्चि प्रदेश सकारकाले किसानहरुलाई परिचयपत्र  वितरण गरि कृषि क्षेत्रमा कामगर्ने  सुदुरश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता देवि चौधरीले बताउनु भयो । मंगलबार दार्चुला जिल्लाका पत्रकारहरु संगको कुराकानीमा दार्चुला जिल्लाको कृषि र पशुपालका क्षेत्र धेरै सम्भावना भएकाले अबका दिनमा प्रदेश सरकारले कृषिकहरुलाई परिचयपत्रका आधारमा लगानी गर्ने कुरामा जोड दिएका हुन । अनुगमन तथा निरिक्षणका क्रममा आईतबार दार्चुला पुग्नु भएका मन्त्री चौधरीले यो भन्दा पहिले कृषि क्षेत्रमा जे जसरी कार्यक्रमहरु लागु गरिएको भएपनि अवका दिनमा कृषिकहरुलाई छनोट गरि परिचय पत्रका आधारमा लगानी बढाउने प्रदेश सरकार तयार रहेको कृषि मन्त्री चौधरीले बताउनु भयो । देश संघियतामा गएपछि जिल्ला स्थरमा प्रदेशका कार्यलयहरु स्थापना गर्न नसकीएकाले बजेट अनुसारको कार्य उपलब्धी नहुदा समस्या भएको मन्त्री चौधरीले बताएका हुन । दार्चुला जिल्लामा पशुविज्ञ केन्द्र र कृषि ज्ञानकेन्द मार्फत सबै स्थानीय तहहरु संग सहकार्य गरि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको सुदुरपश्चिम प्रदेश कृषि शाखा अधिकृत गोकुल बोहोराले बताउनु भयो ।