ग्लोबल आइएमई बैंकले आईएफसीबाट ऋण लिने

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

ग्लोबल आइएमई बैंकले आईएफसीबाट ऋण लिने

१५ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैक लि र विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच कर्जा लेनदेन सम्बन्धी सम्झौता भएको छ । बिहिबार उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरे ।

नेपालमा पछिल्लो समयमा देखिएको वित्तीय तरलताको समाधानमा यो सम्झौताले योगदान पुर्‍याउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त कर्जा सापटी सहमती नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लागु हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्लोबल आइएमई बैक लिलाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२२ वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ७९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।