कारागार कार्यालय बैतडीमा कैदीबन्दीसगंको भेटघाट खुला,

३ बर्ष अघि

२0७७ आश्विन २७ मंगलवार

कारागार कार्यालय बैतडीमा कैदीबन्दीसगंको भेटघाट खुला,

बैतडी असोज २७ । कारागार कार्यालय बैतडीले कैदी बन्दीहरुसगंको भेटघाट खुला गरेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण बढ्दै गए पछि गत साउन २६ गतेबाट बन्द गरिएको भेटघाट खुला गरिएको कारागार कार्यालय बैतडीका जेलर अनिल तिवारीले जानकारी दिनुभयो । कारागार ब्यबस्था बिभागको निर्देशन अनुसार दशै , तिहारलाई मध्यनजर गर्दै बन्द गरिएको बाहिरी भेटघाट खुल्ला गरिएको उहाले बताउँनुभयो । भेट गर्ने आउने आफन्तहरुले बिभिन्न स्वास्थ्य मापदण्डहरु भने अनिबार्य रुपमा पालना गर्नु पर्ने छ । कारागारमा कैदीबन्दी भेट गर्न आउदा १५ दिन भित्रको पिसिआर रिर्पोट लिएर आउनु पर्ने जेलर तिवारीले बताउँनुभयो । यस्तै मास्कको अनिबार्य प्रयोग र सामाजिक दुरी लगायतका मापदण्डहरु पालना गर्नु पर्ने छ ।