नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार नाध्यो

३ बर्ष अघि

२0७७ आश्विन २७ मंगलवार

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार नाध्यो

काठमाडौ असोज २७ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार तीन सय ५८ दुई पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन हजार पाँच सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७८ हजार सात सय ८० पुगेको छ ।  अब नेपालमा ३५ हजार नौ सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभया