३ महिनाको अवधिमा झण्डै १३ सय लिटर बढी घरेलु मदिरा नष्ट 

३ बर्ष अघि

२0७७ आश्विन २७ मंगलवार

३ महिनाको अवधिमा झण्डै १३ सय लिटर बढी घरेलु मदिरा नष्ट 

दृष्टिकोण समाचार असोज २७ दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले ३ महिनाको अवधिमा १ हजार २ सय ३८ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लामा पछिल्लो समय मदिराका कारण अपराधिक घट्ना बढेको भन्दै प्रहरीले अवैध मदिरा नियन्त्रण अभियानर्लाइ तिव्रता दिएको छ । मदिराले समाजमा विकृति ल्याउनुको साथै अपराध बढाएको भन्दै मदिरा नियन्त्रण अभियानलाई तिव्रता दिएको जिल्ला प्रहरी कार्यालय दार्चुला डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो । प्रहरीले अहिले बजारमा पाइने अवैध घरेलु मदिरा तथा मदिरा निषेधित क्षेत्रमा लुकाइ राखेको मदिरा नियन्त्रणमा प्रहरी सक्रिय भएको छ । प्रहरीले तीन महिनाको अवधिमा ९ सय ४० लिटर मदिराको कच्चा पदार्थ तथा २ सय ६० लिटर विक्रीको लागि लिने क्रममा नियन्त्रण गरेर १ हजार २३८ लिटर मदिरा नष्ट गरिएको डिएसपी विष्टले बताउनुभयो ।