मगंलबार बैतडीका थप ६ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७७ आश्विन २७ मंगलवार

मगंलबार बैतडीका थप ६ जनामा कोरोना पुष्टि

बैतडअसोज २७ । मगंलबार बैतडीका थप ६ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका ६ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेहरु सबै जना पाटन नगरपालिकाका रहेका छन । भारतबाट फर्किएका ५ जना र १ जना नगरपालिकाका कार्यरत कर्मचारीकमा कोरोना पृष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिह महराले जानकारी दिनुभएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँले बताउनुभयो । यो संगै जिल्लामा संक्रमितको संख्या ४४५ पुगेको छ । जसमध्ये ३८ जना सक्रिय संक्रमीत रहेका छन ।