प्रदेश सरकारसँग समन्वयको अभाव रहेको स्थानीय सरकार प्रमुखहरुको गुनासो

३ बर्ष अघि

२0७७ आश्विन २६ सोमबार

प्रदेश सरकारसँग समन्वयको अभाव रहेको स्थानीय सरकार प्रमुखहरुको गुनासो

रमेश खत्री असोज २६ दार्चुला । दार्चुलाका स्थानीय सरकार प्रमुखहरुले प्रदेश सरकारसँग समन्वय अभाव रहेको गुनासो गरेका छन् । सोमबार कृषि ज्ञान केन्द्रको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा   स्थानीय सरकार प्रमुखले यस्तो गुनासो गरेका हुन् ।. कार्यक्रममा बोल्दै दार्चुलाका स्थानीय  सरकार प्रमुखहरुले प्रदेश सरकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दा समन्वयको अभाव रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले प्रदेश सरकारले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रको कार्यालय  दार्चुलामा स्थापना गरेको प्रति धन्यबाद ज्ञापन गरेका छन् । दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादर कार्कीले समन्वयमासमस्या रहेको बताएका छन् । समन्वय, सहकार्य तथा सहअस्तित्वले मात्रै संघीयता परीणाममुखी हुने अध्यक्ष कार्कीले बताउनु भयो ।अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले प्रदेश सरकारले बृहत र ठूला योजनाहरु सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।.स्थानीय सरकारले सञ्चालन गर्न नसकेका योजनाहरुमा प्रदेश सरकारले लगानी गर्नुपर्ने उहाँले बताउनु भयो । यस्तै शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले पनि समन्वयको अभाव भएको गुनासो गरेका छन् । ‘हामी समन्वय—समन्वय भन्छौँ, समन्वय होइन विभेदकारी व्यवहार भयो’ नगर प्रमुख धामीले भन्नुभयो ।कार्यक्रममा दार्चुला जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य गेल्बु सिह बोहराले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनि सबैले आ—आफ्नो क्षेत्रबाट सच्चिनु पर्ने बताउनु भयो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला जोशीले केही नीतिगत कुरा र प्रशासनिक कमि कमजोरीका कारण केही समस्या आएपनि त्यसलाई आगामी दिनमा सबैले सुधार गर्दै लाजनु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं भूमि सुधार तथा कृषि सहकारी मन्त्री बिनिता देबी चौधरीले स्थानीय सरकार प्रमुखहरुले राखेको समस्या सहि भएको बताउनु भयो ।तर अहिलेको अवस्थामा जनताका असिमित आवस्यकताहरुलाइे एकैचोटी पूरा गर्न नसकिने र त्यसकालागि क्रमिक रुपमा सबै पक्षले सुधार गर्दै लैजानु पर्ने बताउनु भयो ।