खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु 

३ बर्ष अघि

२0७७ आश्विन २६ सोमबार

खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु 

पृथ्वीराज सुनाम, असोज २६ दार्चुला ।  दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर चार काडापारीमा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार मेलामा खर काट्ने गएका ६० वर्षीय झुम्ती देवी धामी लडेर घाईते हुनु भएको थियो । घाईते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको र सोमबार विहान उपचारकै क्रममा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।