दुहुँ गाउँपालिकाका वडा वडामा अपाङ्गता परिचय पत्र वितरण 

३ बर्ष अघि

२0७७ आश्विन २६ सोमबार

दुहुँ गाउँपालिकाका वडा वडामा अपाङ्गता परिचय पत्र वितरण 

पृथ्वीराज सुनाम, असोज २६ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालकामा सोमबारबाट अपाङ्गता परिचय पत्र वितरण गर्ने कार्यक्रम सुरु गरिएको छ । दुहुँ गाउँपालिकाको आयोजनामा प्रत्येक वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिन लागेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की,उपाध्यक्ष इश्वरी जोशी र प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमको सहभागितामा परिचय पत्र वितरण गरिन लागेको हो । सोमबार दुहुँ गाउँपालिका वडा नम्बर पाँच गरमोरामा रहेका २० अपाङ्गता भएका व्यक्ति भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको दुहुँ गाउँपालिकाका सूचना अधिकारी विरेन्द्रराज जोशीले जानकारी दिनुभयो ।