नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार नाघ्यो 

३ बर्ष अघि

२0७७ आश्विन २६ सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार नाघ्यो 

 काठमाडौ असोज २६ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या एक लाख ११ हजार ८ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार चार हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा १ हजार ४ सय ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७७ हजार २ सय ७७ पुगेको छ ।  ३३ हजार ८ सय ८० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै ४ हजार ८ सय ३१ जना क्वरेटाइनमा रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।