पृथ्वीराज सुनाम, असोज २६ दार्चुला । दार्चुला जिल्लामा सोमबार थप चार जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरीएको परीक्षणमा दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका १ महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७२ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी खेगेन्द्र कार्कीले जानकारी दिनुभयो । दुहुँ गाउँपालिकाका ३७ जनाको पीसिआर परीक्षण गरिएकोमा ३३ जनाको रिर्पोट नेगेटिभ आएको र ४ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यो सँगै दार्चुला जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५२ पुगेको छ । जसमध्ये ९८ जना निको भई घर फर्किसकेका छन् भने ५४ जना आईसोलेशनमा रेहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।