शिवनाथ गाउँपालिकाले अतिविपन्न परिवारलाई आर्थिक सहयोग 

३ बर्ष अघि

२0७७ आश्विन २५ आईतवार

शिवनाथ गाउँपालिकाले अतिविपन्न परिवारलाई आर्थिक सहयोग 

जनक साउद बैतडी असोज २५  । बैतडीको शिबनाथ गाउँपालिकाले अतिविपन्न नागरिकहरुलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले पालिका भित्र रहेका विपन्न, अतिविपन्न, अपांगताभएका नागिरक, अशक्त जटिल प्रकारको रोगलागेका र विभिन्न विपद बाट पीडीत भएका नागरिकहरुलाई नगद आर्थिक सहयोग गरेको हो । विपन्न नागरिक सहायता कोषबाट गाउँपालिकाले ५८ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले जानकारि दिनुभएको छ ।लकडाउनले विपन्न नगरिकहरको दैनिकीमा परेको समस्या समाधान गर्ने र जटिल प्रकारका व्यक्तिको उपचारमा सहज होस भन्ने उद्देश्यले थोरै भए पनि आर्थिक सहायता गरिएको उपाध्यक्ष चन्दले बताउनुभयो । विपन्न नागरिक सहायता कोषबाट गाउँपालिकाले ५८ जनालाई ७ लाख ७९ हजार सहयोग गरेको छ । गाउँपालिकाले रोगहरुको प्रकृति र विपन्न नागरिकको आर्थिक अवस्था हेरेर आर्थिक सहायता गरेको गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताउनुभएको छ । आर्थिक सहायता पाउनेले १० देखि २५ हजार सम्म पाएका छन् । यसरी गाउँपालिकाबाट आर्थिक सहयोग पाए पछि आफुलाई राहात भएको आर्थिक सहयोग पाउनेहरुको भनाइछ ।