धनगडि बाट पाटन नियमित हवाई उडान हुने 

३ बर्ष अघि

२0७७ आश्विन २५ आईतवार

धनगडि बाट पाटन नियमित हवाई उडान हुने 

जनक साउद असोज २५ बैतडी । धनगडि बाट पाटन बिमानस्थलमा साताको एक दिन उडान हुने भएको छ । असोज २९ गतेदेखि हप्ताको १ दिन बिहीबार समिट एयरले उडान भर्ने भएको हो । विसं २०५२ देखि बन्दरहेको पाटन बिमानस्थलमा २६ वर्षपछि पुनः हवाई सेवा सञ्चालन हुनलागेको हो ।
धनगढीलाई बेस बनाएर यही असोज २९ गतेदेखि नियमित उडान हुने बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । हप्ताको १ दिन बिहिवार समिट एयरले उडान भर्ने उहाँको भनाईछ ।बिहान साढे ११ बजे पाटनका लागि उडान भर्ने बताइएको छ । १७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धनगढी पाटनको भाडादर भने ३ हजार ८ सय २ रुपैंया तोकिएको छ । नियमित हवाई उडानको चर्चाचलेपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर बनेको  छैन । अहिले साताको एक दिनमात्रै हवाइ उडान हुने टर्मिनल भवन तथा टावर बनेपछि नियमित उडान हुने बताइएको छ ।यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । पाटन बिमानस्थलको परिक्षण उडान असोज १७ गते शनिबार संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको टोलिले गर्नुभएको थियो । हप्ताको एकदिन हवाई सेवा सञ्चालन हुने भएपछि बैतडीका नागरिकहरुमा उत्साह छाएको छ ।