दशै तिहारका बेला शान्ती सुरक्षा कायम गर्न प्रहरीले सक्रियता बढायो

३ बर्ष अघि

२0७७ आश्विन २५ आईतवार

दशै तिहारका बेला शान्ती सुरक्षा कायम गर्न प्रहरीले सक्रियता बढायो

दृष्टिकोण समाचार असोज २५ दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दशै तिहार छठ पर्वलाई मध्यनजर गरि सुरक्षा व्यवस्थामा कडाई गरेको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई कमगर्ने उदेश्यका साँथ दार्चुलामा शान्ती सुरक्षामा कडाई गरिएको हो । आईतबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले पत्रकार सम्मेलन गरि दशै तिहारका बेला भिडभाड बढि हुने, चोरी डकैति तथा लुटपाटका घटनाहरु पनि बढ्न सक्ने भएकाले प्रहरी  युनिटहरुलाई तैनाथ राखिएको कुरा बताउनु भयो ।  दार्चुला जिल्लामा जुवातास खेल्ने, जाडरक्सि खाएर हुहल्ला गर्ने काम नगरिदिन हुन दार्चुला बासिहरुमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपि पदम बहादुर विष्टिले आग्रह गरेका छन । जिल्लाको विभिन्न स्थानमा रहेका प्रहरी चौकिहरुबाट टोलि खटाई  गाडी,  पैदल गस्ती तथा सादा पोसाकमा समेत प्रहरी परिचालन गरि सुरक्षा अवस्थालाई चुस्त राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ । त्यसैगरि दशैं, तिहार र छठजस्ता चाडपर्वको बेला यात्रुहरुलाई  सहयोग पुर्याउने उद्देश्यले  खलंगा बसर्पाक र गोकुलेश्वर बसर्पाकमा यात्रु सहायता कक्ष स्थापना गरि सेवा दिईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनु भयो । चाडपर्वको समयमा यात्रुहरुबाट बढी भाडा लिएको, क्षमता भन्दा बढी यात्रु बोकेको, सवारी साधनमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएको लगायत समस्या सामाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।