अहिले सम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पष्टि, 

३ बर्ष अघि

२0७७ आश्विन २४ शनिबार

अहिले सम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पष्टि, 

काठमाडौं असोज २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ । पछिल्लो २४ घण्टामा थप १, हजार २ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार २ सय ५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुगेको स्वास्थ्य मान्त्रालयका प्रवक्ता डां जागेश्वर गौतमले जानकारी दिनुभयो ।