नगद ३१ हजार सहित ९ जना जुवाडे पक्राउ

३ बर्ष अघि

२0७७ आश्विन २४ शनिबार

नगद ३१ हजार सहित ९ जना जुवाडे पक्राउ

दृष्टिकोण समाचार असोज २४ दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर २ घट्टेगाडमा  नगद ३१ हजार सहित ९ जना जुवाडे पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरी निरीक्षक कमलबहादुर विष्ट नेतृत्वको टोलीले जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जुवाडेहरुबाट रु ३१ हजार ६५ रुपैयाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनकारी दिनु भयो । पक्राउ परेका जुवाडेहरुलाई कारवाहीका लागि जिल्ला सदरमुकाम खलंगा ल्याइरहेको प्रहरी निरीक्षक एंवम सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । प्रक्राउ परेका ९ वटै जनालाई जुवातास ऐन अनुसार मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।