मालिकार्जुनमा प्रहरीद्धारा गाँजा नष्ट

३ बर्ष अघि

२0७७ आश्विन २४ शनिबार

मालिकार्जुनमा प्रहरीद्धारा गाँजा नष्ट

दृष्टिकोण समाचार असोज २४ गते दार्चुला , प्रहरीद्धारा २ सय वटा गाँजाको बोट नष्ट गरिएको छ। दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा न ३ ढिब्डयामा लगाएको करिव  २ सय बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंवम सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । 
शुक्रबार जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदम बहादुर बिष्ट नेत्रित्वको कमाण्डमा खटिएको प्रहरी टोलि र मालिकार्जुन प्रहरी चौकिको  प्रहरी टोलिले संयुक्त रुपमा उक्त गाँजा नष्ट गरेका हुन । गाँजा चरेसका कारण समाजमा विभिन्न चोरी लुटपाट तथा बृकृतिहरु फैलिने भन्दै नेपाल सरकारले अवैदरुपमा लगाएको गाँजा नष्ट गर्ने अभियान अन्तरगत मालिकार्जुन गाँउपालिका वडा नं. ३ मा लगाईएको गाँजा नष्ट गरिएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।