प्रविधि पछ्याउँदै जिल्ला प्रशासन कार्यालय दार्चुला, अर्काे उपलब्धी फ्री वाइफाइ जाेन

६ बर्ष अघि

२0७५ श्रावण १ मंगलवार

प्रविधि पछ्याउँदै जिल्ला प्रशासन कार्यालय दार्चुला, अर्काे उपलब्धी फ्री वाइफाइ जाेन

दृष्टीकोण समाचार १ साउन दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला पछिल्लो पटक नयाँ नयाँ प्रविधि प्रयोग गर्ने कार्यालयको रुपमा स्थापीत भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले यो भन्दा पहिले सिसिटिभी, इलेक्ट्रानिक हाजीरी, सेवाग्राहीलाई प्रशासन कार्यालयको फाँटगत सेवाको भिडियो विवरण सञ्चालनमा ल्याएपश्चात साउन एक गतेबाट फ्री वाईफाइ जोन पनि स्थापना गरेको छ । सरकारी सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउन आवस्यक पर्ने यस्ता विभिन्न प्रविधीको प्रयोग गर्ने सरकारी कार्यालयहरु मध्ये जिल्ला प्रशासन कार्यालय पहिलो नम्बरमा रहेको छ । आज प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले फ्री वाइफाईको उद्घाटन गर्नू भएको छ ।  जिल्ला प्रशासन कार्यालयमा आउने जो कोही व्यक्तिले पनि इन्टरनेट सेवामा निशुल्क पहुँच पु¥याउने उद्देश्यले यो सेवा सुरुवात गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिनुभयो ।