नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

३ बर्ष अघि

२0७७ आश्विन २३ शुक्रबार

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

काठमाडौ असोज २३ ।  नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गरिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय ८० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७३ हजार २३ पुगेको छ ।  नेपालमा २७ हजार ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।