सरकार र डा‍‍ केसी पक्षको वार्ता अनिश्चित, सरकारी टोलीले समय दिएनु

३ बर्ष अघि

२0७७ आश्विन २३ शुक्रबार

सरकार र डा‍‍ केसी पक्षको वार्ता अनिश्चित, सरकारी टोलीले समय दिएनु

काठमाण्डौ असोज २३ । सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच शुक्रबार हुने भनिएको वार्ता अनिश्चित बनेको छ । सरकारी टोलीले वार्ताको समय नतोक्दा अनिश्चित बनेको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो । बिहीबारको वार्ता सकारात्मक भनिए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । शुक्रबार फेरि बस्ने गरी बिहीबारको वार्ता सकिएको थियो । सुवेदीका अनुसार शुक्रबार सरकारी टोलीसँग वार्ताका विषयमा कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्नुपर्ने जवाफ आएको छ । तर प्रधानमन्त्री ओलीले समय नदिँदा वार्ता अन्योल भएको सुवेदीले बताउनुभयो ।सरकारी टोलीले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन । डाक्टर केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै उहाँका समर्थक र नेपाल चिकित्सक सङ्घले आन्दोलनको तयारी थालेका छन् ।सरकारले वार्ताका लागि टोली गठन गरेपछि चिकित्सक सङ्घले आन्दोलन रोकेको थियो । डाक्टर केसी अनशनमा बसेको शुक्रबार २६ दिन भएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर डाक्टर केसी अनशनमा बसेको  यो १९ औँ पटक हो । उज्यालो बाट