बैतडीका पञ्चेश्वरमा जीप दुर्घटना १० जना घाईते ,डडेल्धुरा रेफर गरियो 

३ बर्ष अघि

२0७७ आश्विन २३ शुक्रबार

बैतडीका पञ्चेश्वरमा जीप दुर्घटना १० जना घाईते ,डडेल्धुरा रेफर गरियो 

जनक साउद असोज २३ बैतडी । बैतडीमा जीप दुर्घटना हुदा १० जना घाईते भएका छन । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ आमचौराबाट कुलाउ जादै गरेको से १ ज ८ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । घाईते हुनेहरुमा पञ्चेश्वर गाउपालिका वडा नम्बर ४ का ४५ बर्षीय बलबिर सार्की, सोही ठाउका ४० बर्षीय मदन सार्की, २८ बर्षीय प्रेम सार्की, ६२ बर्षीय बहादुर राम साकी, २६ बर्षीय अर्जुनराम सार्की र ६६ बर्षीय रामीराम सार्की रहेका छन । यस्तै २८ बर्षीय राजेन्द्र सार्की, २७ बर्षीय राईजन राम सार्की, ३१ बर्षीय सुरेश राम सार्की र २८ बर्षीय सुरेश राम सार्की रहेका छन । घाईतेहरुको सबैको स्थानिय स्वाथ्य चौकीमा सामान्य उपचारपश्चात डडेल्धुरा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटना भएलगत्तै प्रहरी चौकी हल्दुबिनायकको टोली घटना स्थलमा खटिएको थियो । जीप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान १० बजेतिर दुर्घटना भएको हो । जीप चालक २८ बर्षीय अगंत भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको अबस्था सामान्य रहेको छ ।घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।