कर्मचारीमा कोरोना देखिए पछि बैतडीको पाटन नगरपालिका सिल

३ बर्ष अघि

२0७७ आश्विन २३ शुक्रबार

कर्मचारीमा कोरोना देखिए पछि बैतडीको पाटन नगरपालिका सिल

जनक साउद असोज २३ बैतडी । कर्मचारीमा कोरोना देखिए पछि बैतडीको पाटन नगरपालिका सिल गरिएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकामा कार्यरत २ जनामा पुष्टि भए पछि नगरपालिका सिल गरिएको नगरपालिकाका प्रमुख केशब बहादुर चन्दले जानकारी दिनुभएको छ । असोज ३० गते सम्म नगरपालिका र १० ओटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने उहाँले बताउनुभयो । आज कोरोना पुष्टी भएकाहरु दुबै जनालाई आइसोलेसनमा राखिएको र स्वास्थ्य अवस्था समान्य रहेको नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिह महराले जानकारी दिनुभयो । संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने भएको छ । आज थप दुईजनामा कोरोना पुष्टी भएसंगै बैतडीमा कोरोना संक्रमतिको संख्या ४२० पुगेको छ । जसमध्ये २२ जना सक्रिय संक्रमीत रहेका छन ।