दशै तिहार छठ पर्वलाई केन्द्रमा राख्दै प्रहरीले सक्रियता बढायो 

३ बर्ष अघि

२0७७ आश्विन २३ शुक्रबार

दशै तिहार छठ पर्वलाई केन्द्रमा राख्दै प्रहरीले सक्रियता बढायो 

दृष्टिकोण समाचार असोज २३ दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दशै तिहार छठ पर्वलाई मध्यनजर गरि सुरक्षा व्यवस्थामा कडाई गरेको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई केन्द्रमा राखेर जिल्लामा प्रहरीको गस्ती बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधीकारी भाष्कर चन्दले जानकारी दिनुभयो । जिल्लाको विभिन्न स्थानमा गाडी पैदल, सादा पोसाकमा समेत प्रहरी परिचालन गरि सुरक्षा अवस्थालाई चुस्त राख्ने प्रहरीले जनाएको छ ।