२ वर्ष भित्र खलंगाका प्रत्येक घरधुरीमा चौबिसै घण्टा खानेपानी पु¥याउँछौ

३ बर्ष अघि

२0७७ आश्विन २३ शुक्रबार

२ वर्ष भित्र खलंगाका प्रत्येक घरधुरीमा चौबिसै घण्टा खानेपानी पु¥याउँछौ

दृष्टिकोण समाचार असोज २३ दार्चुला ।  दार्चुला जिल्लाको महाकाली नगरपालिकाले प्रत्येक घरधुरीमा २ वर्ष भित्र २४ सै घण्टा खानेपानीको सुविधा पुगाउने महाकाली नगगरपालिका प्रमुख हंस राज भट्टले बताएका छन् ।  विहीवार खलंगा खानेपानी आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख भट्टले आगामी दुई वर्ष भित्र प्रत्येक घरधुरीमा चौविसै घण्टा खानेपानीको सुविधा पुग्ने बताएका हुन् । आयोजना व्यवस्थापन कार्यालयको तर्फबाट आयोजना निर्देशक रामकुमार श्रेष्ठ, महाकाली नगरपालिकाको तर्फबाट नगरप्रमुख हंसराज भट्ट, नगर विकास कोषको तर्फबाट प्राविधिक अधिकृत सुवासराज पन्त र खलंगा खानेपानी, ढल तथा सरसफाइ उपभोत्ता संस्थाको तर्फबाट अध्यक्ष जयदेव जोशीले आयोजना व्यवस्थापन तथा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हालको आधारभूत खानेपानीको व्यवस्थामा सुधार एवं स्तरोन्नति गर्दै प्रत्येक घरधुरीमा नियमित खानेपानीको सुविधा पुग्ने नगर प्रमुख भट्टले बताएका छन्  । दुई वर्षभित्र नियमित रुपमा घरघरमा खानेपानीको सुविधा पुग्ने गरि आयोजना निर्माणको काम थालिने उहाको भनाई छ । खलंगामा निर्माण गरिने आयोजनाको समयावधी डेढ वर्षको रहेको छ । आयोजनाबाट २ हजार २ सय ७६ घरधुरी एवं २२ हजार ५ सय ९१ जनसंख्या लाभान्वित हुनेछन् । निर्माण गरिएका खानेपानी आयोजनाका सबै संरचनाहरु नगरपालिकाको स्वामित्तमा रहने छन् । डेढ वर्ष ठेक्काको समयावधी रहने सो आयोजनाको १ वर्ष ठेकेदार मार्फत संचालन हुने र त्यसपछि खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिने जनाइएको छ । नगर आयोजनाको निर्माण कार्य चालु आर्थिक बर्षबाटै सुरु हुने बतईएको छ ।  आयोजनाको कुल लागत ३३ करोड २६ लाख ३ हजार ७ सय ९३ रुपैयाँ १३ पैसा अनुमान गरिएको छ ।