ओझेलमा दुहूँका रमणीय पर्यटकीय स्थल, प्रचार—प्रसार तथा व्यवस्थापनको अभाव

३ बर्ष अघि

२0७७ आश्विन २३ शुक्रबार

ओझेलमा दुहूँका रमणीय पर्यटकीय स्थल, प्रचार—प्रसार तथा व्यवस्थापनको अभाव

राम सिह धामी दार्चुला ,जिल्लाको दुहुँ गाउँपालिकामा रहेका प्रमुख पर्यटकीय स्थलहरुको प्रचार—प्रसार तथा व्यवस्थापन नहुँदा रमणीय पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् । 
दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट दुईदिनको पैदल यात्रा तथा दार्चुलाको दुहूँ गाउँपालिकाको केन्द्र हिकिलाबाट एक दिनको यात्रागरी व्रह्मदह ताल, पासा दहताल, ३ हजार ८ सय ३८ मिटर उचाईमा रहेको शिद्धटोपी धाममा पुगेपछि स्वर्गकै अनुभूति हुन्छ । दुहुँ गाँउपालिका र नौगाड गाँउपालिकाको सिमानामा पर्ने शिद्धटोपि क्षेत्र समुद्री सतहबाट करीव ३८ सय मिटर उचाईमा पर्दछ ।  दुहँु गाँउपालिकाको प्रमुख पर्यटकीय स्थलका रुपमा चिनिने शिद्धटोपी, ब्रमदह ताल, पासादह ताल र हिकिलामा रहेको ब्रह्म मन्दिर लगायतका पर्यटकीय स्थलहरुको प्रचार प्रसारकोे तथा व्यवस्थापन अभावमा ओझेल परेका छन ।  
पर्यटकीय मार्ग विस्तारका लागि गाँउपालिकाले शिद्धटोपी क्षेत्रमा भ्यु—टावर निर्माण गर्न लागेको छ । कुल  ४३ लाख ९४ हजार ८९ रुपैयाँ ७५ पैसाको लागतमा भ्यू—टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

शिद्धटोपी भ्यू—टावर
टावर निर्माणको जिम्मा जय ब्याँस निर्माण सेवाले पाएको र अहिले काम सञ्चालनमा रहेको छ । वैशाख देखी असोज महिना सम्म सो क्षेत्रमा घुम्न जाने सिजन राम्रो मानिन्छ । त्योे क्षेत्रमा सुन्दर हरियाली, विभिन्न हिमश्रीङ्खलाहरुको अवलोकन तथा विभिन्न रंगका फुलहरु फुलेर त्यहाँको बातावरण त्यसै मनमोहक देखिन्छ । 


तर त्यो क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरु बस्नका लागि उचित व्यवस्थापन नहुँदा सो क्षेत्र ओझेलमा परेको छ । दुहँु गाँउपालिकाले हरेक बर्ष पर्यटन प्रवद्धनमा बजेट विनियोजन गरि काम गरेको भएपनि प्रचार—प्रसार तथा पर्यटकीय क्षेत्रको व्यवस्थापन गर्न नसक्दा आन्तरीक तथा बाह्य पर्यटकहरुको अवागमनमा कमि आएको स्थानीय लोकेन्द्र बहादुर बमले बताउनु भयो । 
दुहुँ गाउँपालिकाको आफ्नो छुट्टै संस्कृतिक रितिरिवाज परम्पराले निकै अगाडि रहेको भएपनि दुहुँ व्याँस र नौगाड गरी तिनवटा गाँउपालिकाको संगम स्थल भएकाले यो क्षेत्रको व्यवस्थापन हुन सकेको छैन् ।

त्यस क्षेत्रमा जाने पर्यटकहरुका लागि बास बस्ने, खाने, पानी, सौचालय, सरसफाई जस्ता आधारभूत कुरापनि नहुँदा पर्यटकहरुको आकर्षण घटेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले बताउनु भयो । त्यसका लागि तीनै गाउँपालिकाले योजनाबद्ध रुपमा पर्यटन विकास गर्नु आवस्यक रहेको धामीको भनाई छ । 

दुहँु गाँउपालिकाको प्रमुख पर्यटकीय स्थल  शिद्धटोपी, ब्रमदह ताल, पासादह ताल

 हिकिलामा रहेको ब्रह्म मन्दिर