दार्चुलामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ आश्विन २३ शुक्रबार

दार्चुलामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पुष्पा धामी असोज २३ दार्चुला । दार्चुला जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० जनाको पिसीआर परिक्षण गरिएमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । डडेलधुरा प्रयोगशालमा गरिएको परिक्षणमा मालिकार्जुन गाउँपालिकाका २२ वर्ष र २७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताउनु भयो । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या १ सय ४८ पुगेको छ ।