जिल्ला अस्पताल दार्चुलामा विगत एक हप्ता देखि एक्सरे मेशीना समस्या  

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

जिल्ला अस्पताल दार्चुलामा विगत एक हप्ता देखि एक्सरे मेशीना समस्या  

पृथ्वीराज सुनाम असोज २२ दार्चुला ।महाकाली नगरपालिकामा रहेको जिल्ला अस्पताल दार्चुलामा विगत एक हप्ता देखि एक्सरे मेशीनमा समस्या आएको छ । जिल्ला अस्पतालमा रहेका एक्सरे मेशीन खराब हुदा स्थानी सेवाग्राही मार्कामा परेका छन । एकहप्ता पहिलेबाट  एक्सरे मेसिन मर्मत हुन नसक्दा सेवा दिन समस्याभएको  इन्चार्ज मन्दीप कुँवरले बताउनु भयो । अस्पतामा रहेका तीनवटै एक्सरे मेसिन खरब हुदा अस्पतालमा आउने विरामीहरुलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेका एक्सरे इन्चार्ज कुँवरले बताउनु भयो । दार्चुला जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई एक्सरे उपचार दिन नसक्दा नजिकको अस्पताल गोकुलेश्वर जानु पर्ने बाध्यता रहेको लेकम गाँउपालिका वडा नम्बर ५ का  स्थानीय शेर सिह खत्रीले बताउनु भयो । छाती दुःखने समस्याका बारण लेकमबाट जिल्ला अस्पताल आउदा एक्सरे मेसिन नै खराव हुदा हामी स्थानीयहरुले दुख भोग्नु परेको स्थानीय खत्रीले बताउनु भयो । जिल्ला अस्पतालमा रहेका दुईवटा मेसिनहरु दुईमहिना पहिलेनै बिग्री सकेका थिए । विग्रेका मेसिन मर्मत हुन नसक्दा अस्पतालमा भर्ना भएका विरामीहरुलाई अन्यत्र पठाउनु पर्ने अस्पतालले जनाएको छ ।