अहिले सम्मकै धेरै ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

अहिले सम्मकै धेरै ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ असोज २२ । अहिले सम्मकै धेरै ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १८ हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार ६ सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७१ हजार तीन सय ४३ पुगेको छ ।  बिहीबार कोरोना पुष्टि भएकाको यो सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएका सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको थियो ।  अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।