महाकाली नदीमा एक युवक बेपत्ता

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

महाकाली नदीमा  एक युवक बेपत्ता

दृष्टिकोण समाचार असोज २२ दार्चुला । महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा महाकाली नगरपालिका ८ सुरकडाका २६ वर्षिय पुड्के लोहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । 
रिखौडा भन्ने ठाउँबाट नुहाउने क्रममा दिउसो १ः३० बजेको समयमा बेपत्ता भएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । बेपत्ता लोहारको अहिले खोजिकार्य भइरहेको छ  ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले बेपत्ता लोहारको खोजि गर्नका लागि प्रहरी चौकी धाप, दत्तु, जौलजिबी, तथा लाली प्रहरी चौकीलाई खोजी कार्यमा खटाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।