कति दिनमा देखिन्छ कोरोनाको लक्षण  

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

कति दिनमा देखिन्छ कोरोनाको लक्षण  

कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ । कोरोनाको बिरामीले आफु संक्रमित रहेको तबमात्र थाहा पाउछन् जब एकसाथ धेरै लक्षणले शरीरलाई गाजेको हुन्छ । त्यसैले आजहामी तपाईंलाई कोरोना संक्रमणको प्राथमिक लक्षणबारे जानकारी दिदैछौं ।

१ शुरुमा ज्वरो आउँछ र बिस्तारै सुख्खा खोकि र रुघा लाग्दछ ।
२ शरीरको मांसपेशीमा पीडा हुन्छ । अचानक आलश्य बढ्दछ ।
३ केहिको गला सुन्निने समेत हुनसक्छ ।
४ पाचौं दिनसम्ममा स्वास फेर्न ग्राहो हुन थाल्दछ ।
५ विशेषत वृद्ध मानिसमा यो समस्या बढि देखा पर्दछ ।
६ लगभग सातौं दिनसम्ममा संक्रमित आफुलाई निकै बिरामी महशुस गर्दछन् ।
७ आठ दिनपछि संक्रमण नियन्त्रण नभएमा फोक्सोमा समस्या शुरु हुने गर्दछ ।
८ यसले अक्सीजन लिन ग्राहो हुन्छ र छातिमा अत्यधि पिडा हुन्छ ।
९ कोरोना भाइरसको संक्रमण २ दिनदेखि १० दिनभित्र देखिसक्छ ।
१० मानिस बाहिर बिरामी नदेखिएकाले अरुलाई सर्ने सम्भावना उच्च हुन्छ ।

कसरी राख्ने ख्याल रु
१ आसपासमा सरसफाइमा ध्यान दिनुहोस् ।
२ अनिवार्य मास्कको प्रयोग गर्ने ।
३ बारम्बार २० सेकेण्डभन्दा बढि साबुन पानीले हात धुने ।
४ बिना काम घर बाहिर ननिस्कने ।
५ दैनिक प्रयोगमा आउने साझा सामाग्रीको प्रयोग बन्द गर्ने ।
६ भान्सा, टेबल वा कुनै पनि सतह छोएपछि सतह र हात दुबै स्यानिटाइज गर्ने ।
७ कपडा, ओच्छ्यान तथा अन्य सामाग्रीको पहिलेभन्दा बढि सरसफाई गर्ने ।
८ टेलिभिजन, कम्प्युटर, एसि लगायका रिमोटलाई सबैले नछुने ।
९ अनिवार्य सामाजिक दुरीको नियम पालना गर्ने ।
१० तातो र रोगप्रतिरोधात्मक वस्तुको सेवन गर्ने ।  खबरहब बाट