भारतमा कोरोना संक्रमित संख्या ६८ लाख नाघ्यो

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

भारतमा कोरोना संक्रमित संख्या ६८ लाख नाघ्यो

 काठमाडौं  असोज,२२  । भारतमा कोरोना भाइरस कोभिड—१९ बाट संक्रमित हुनेको संख्या ६८ लाख नाघेको छ । बिहीबार भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ लाख ३५ हजार ६ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ७८ हजार ५२४ नयाँ संक्रमित थपिएका हुन् ।त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख पाँच हजार ५ सय २६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९ सय २४ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा ५८ लाख २७ हजार ७ सय ६ संक्रमित निको भइसकेका छन् । भारत अमेरिकापछि सबैभन्दा धेरे कोरोना संक्रमित भेटिएको मुलुक हो । अमेरिकामा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघेको छ भने ब्राजिलमा एक लाख ४८ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।