बलिवुड अभिनेत्री रिया चक्रवर्तीले पाइन् जमानत

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

बलिवुड अभिनेत्री रिया चक्रवर्तीले पाइन् जमानत

काठमाण्डौ असाेज २२। बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई बुधबार मुम्बईको उच्च न्यायालयले जमानत दिएको छ ।रियाका साथै दीपेश सावन्त र स्यामुएल मिरान्डालाई पनि न्यायालयले जमानत दिएको छ । तर रियाका भाइ शौविक चक्रवर्ती र अब्दुल बासित परिहारले भने जमानत पाएका छैनन् । बुधबार अदालतले रियालाई एक लाख रुपैयाँ धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो ।  रियालाई गएको महिना नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी० ले पक्राउ गरेको थियो । उच्च न्यायालयले रियालाई जमानत दिँदै केही शर्त राखेको छ । रियाले आफ्नो पासपोर्ट अदालतमा बुझाउनुपर्नेछ र देशबाहिर जानुअघि अदालतको अनुमति लिनुपर्ने हुन्छ । साथै उनले १० दिनसम्म प्रहरीलाई रिपोर्ट गर्नुपर्नेछ । यसको अलाला एनसीबीले जहिले बोलाउँछ रिया उपस्थित हुनुपर्नेछ ।बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणसँग जोडिएको ड्रग्स मामिलामा एनसीबीले रियालाई पक्राउ गरेको थियो ।