सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ

काठमाण्डौ असोज २२ । सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ । आज तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ आज बढेको छ ।  चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।