दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपाना जिल्ला घोषणा गरियो (फाेटाे फिचर )

६ बर्ष अघि

२0७५ असार ३२ सोमबार

दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपाना जिल्ला घोषणा गरियो  (फाेटाे फिचर )

कृष्ण धामी असार ३२ दार्चुला । दार्चुला जिल्लाका ० देखि १५ महिना र १६ देखि २३ महिना भित्रका खोप पाउने सबै बालबालिकाहरुले ११ किसिमका खोप पाईसकेपछि दार्चुला जिल्लालाई सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । दार्चुला जिल्लामा जम्मा बालबालिका संख्या २ हजार २६ जना रहेको पूर्ण खोप पाएका १ हजार ८ सय ३७ जना रहेका छन् । सर्वेक्षण पछि १ सय ८९ जना बालबालिकाहरुलाई खोप दिईएको जिल्ला खोप सुपरभाईजर हरिश प्रसाद भट्टले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । 


जिल्लाका नौ वटा स्थानीय तहहरु पूर्र्ण खोपयुक्त भएपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । जिल्लाका मार्मा गाउँपालिकामा २ सय १६ जना, दुहुँ गाउँपालिकामा २ सय ३४ जना, नौगाड गाउँपालिकामा २ सय ८३ जना, अपि हिमाल गाउँपालिकामा ७८ जना, मालिकार्जुन गाउँपालिकामा १ सय ७८ जना, शैल्यशिखर नगरपालिकामा २ सय ९९ जना, व्याँस गाउँपालिकामा १ सय ४२ जना, लेकम गाउँपालिकामा २ सय ८९ जना र महाकाली नगरपालिकामा ३ सय ७ जना बालबालिकाले नियमित खोप लगाएका छन् ।  यसैबीच आजै महाकली नगरपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगापना नगरपालिका घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका ० देखि १५ महिना र १६ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुले खोप पाईसकेपछि नगरपालिकालाई पनि पूर्णखोप घोषणा गरिएको हो । 


जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षता एवं महाकाली नगरपालिकाका उप प्रमुख सुना बोहराको प्रमुख आतिथ्यतामा जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो । जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्नमा सहयोग गर्ने, विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान तथा प्रसंसा पत्र प्रदान गरिएको छ । 


पुर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रम