दार्चुलाका जिल्ला न्यायधीश गौतम सहित १ सय १४ जनाको सरुवा 

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

दार्चुलाका जिल्ला न्यायधीश गौतम सहित १ सय १४ जनाको सरुवा 

दृष्टिकोण समाचार असोज २२ दार्चुला ।  जिल्ला अदालत दार्चुलाका न्यायधीश गिरिराज गौतमको सरुवा भएको छ । बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक १ सय १४ जना जिल्ला न्यायधीशहरुको सरुवा गरेको छ । परिषदले जिल्ला अदालत दार्चुलाका न्यायधीश गिरिराज गौतमको सिरहा जिल्ला अदालतमा सरुवा गरेको छ । भने गौतमको ठाउँमा कपिलबस्तु जिल्ला अदालतबाट लोकजङ शाहलाई जिल्ला अदालत दार्चुलामा सरुवा गरेको छ । यस्तै परिषद्ले हालै नियुक्त भएका २९ जना जिल्ला न्यायधीशहरुको समेत पदस्थापना गरेको छ ।