दार्चुला सहित सुदूरपश्मिका पहाडी क्षेत्रमा खर काटने चटारो 

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

दार्चुला सहित सुदूरपश्मिका पहाडी क्षेत्रमा खर काटने चटारो 

दृष्टिकोण समाचार असोज २२ दार्चुला । दार्चुला सहित सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाका महिलाहरुलाई खर काटने चटारो परेका छ । असोज सुरु बाट कात्तिक अन्तीम सम्म महिला तथ पुरुषहरु खर काटने काममा व्यस्त हुने गरेका छन ।  खर काटेर सुकाएपछि हिउँदमा गाईबस्तुलाई खुवानका लागि खर काटेर राख्ने गरिन्छ । नौगाड गाउँपालिका वडा नम्बर २ स्थानीय कलावति ठगुन्नाले बताउनु भयो । यो समय खर काटेर राख्ने हिउँदमा गाइबस्तुलाई खुवाउने सजिलो हुने लेकम गाउँपालिका वडा नम्बर ५ का स्थानीय जानकी खत्रीले भन्नु भयो ।
 यो सिजन खर काटेर राखेमा हिउँदमा वस्तुभाउलाई खुवाउन सजिलो हुने उहाँले बताउनुभयो । गाईबस्तु लाई हिउँदमा खुवाउनका लागि खर जम्मा गर्ने गर्दछन । दशैंतिहारसंगसंगै यो मौसममा धेरै कामको चटारो हुने गरेको छ । तर यो वर्ष कोरोना महामारीले गर्दा बिदेशीएका युवाहरु पनि गत बैशाख जेठ महिनामा नै गाउँघर फर्किएकाले काम गर्नेमा सजिलो भएको छ । कतिपय भीरमा समेत महिलाहरुले खर काट्ने भएकाले उनीहरुको ज्यानको बाजी राखेर समेत खर काटीरहेका हुन्छन ।