दार्चुलामा दुई हजार नौ सय बढीको कोरोना परिक्षण हालसम्म १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि,

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

दार्चुलामा दुई हजार नौ सय बढीको कोरोना परिक्षण हालसम्म १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि,

दृष्टिकोण समाचार असोज २२ दार्चुला । दार्चुलामा दुईहजार नौ सय भन्दा बढीको कोरोना परिक्षण गरिएको छ । हाल सम्म २ हजार ९ सय ६६ जनाको कोरोना परिक्षण लागि स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनभुयो । स्वाव संकलन गरिएको मध्ये हाल सम्म २ हजार ९ सय ४८ जनाको कोरोना रिर्पोट निगेटिभ आएको छ । प्राप्त रिर्पोट अनुुुसार १ सय ४६ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी कार्कीले बताउनु भयो । संक्रमण पुष्टि भएका १४६ जना मध्ये ८१ जना जनाले कोरोना जितिसकेका छन् भने ६५ जना संक्रिय संक्रमित रहेका छन् ।दार्चुला जिल्लाभरि कोरोना संक्रमित विरामीहरुका लागि १७ वटा सामान्य बेडहरु रहेका छन भने १ सय ६६ वटा आइसोलेलन बेडको ब्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमणका गम्भीर विरामीहरुको उपचारको लागि आवस्यक पर्ने भेन्टीलेटर र आइसियू बेडहरु दार्चुलामा एउटा पनि नरेहेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । आईसोलेसनमा रहेका ७ जना होम आइसोलेसनमा ५८ जना रहेको स्वस्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कमा उल्लोख छ  ।  जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ७३ वटा क्वारेन्टाइनहरुमा २ हजार ४१ बेडसंख्या रहेको स्वास्थ कार्यालय दार्चुलाले जनाएको छ ।