दार्चुलाको खलंगा र गोकुलेश्वरमा यात्र सहायता कक्ष स्थापना

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दार्चुलाको खलंगा र गोकुलेश्वरमा यात्र सहायता कक्ष स्थापना

दृष्टिकोण समाचार असोज २१ दार्चुला ।  दार्चुला सदरमुकाम खलंगा र शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बजारमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ ।दशैं, तिहार र छठजस्ता चाडपर्वको बेला यात्रुहरुलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार खलंगा बसर्पाक र मंगलबार गोकुलेश्वर बसर्पाकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।चाडपर्वको समयमा यात्रुहरुबाट बढी भाडा लिएको, क्षमता भन्दा बढी यात्रु बोकेको, सवारी साधनमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएको लगायत समस्या सामाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।कुनै पनि समस्यामा परे प्रहरीको एक सय नम्बर र ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर खबर गर्न यात्रुहरुलाई आग्रह गरिएको छ । मालिकार्जुन लगायत बढी चहलपहल हुने थप केहि स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने योजना रहेको सुचना अधिकारी चन्दले बताउनु भयो ।