दार्चुलाका आठ स्थानीयतह मा कोभिड अस्पताल निर्माण गरिने

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दार्चुलाका आठ स्थानीयतह मा कोभिड अस्पताल निर्माण गरिने

दृष्टिकोण समाचार असोज २१ दार्चुला ।दार्चुला जिल्लाका ८ वटा स्थानीय तहमा पाचँ बेडको कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन । कोभिड– १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि दार्चुलाका आठ स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो ।कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको आइतबार बसेको ११ औं बैठकले अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि बजेट समेत पठाएको छ ।अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत प्रत्येक स्थानीय तहमा १० लाखका दरले बजेट निकासा भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना रोकथाम, नियन्त्रण तथाअ  उपचार कोषबाट बजेट खर्च हुने भएको छ ।
कोषले प्रतिशैया २ लाख रुपैयाँका दरले तोकिएका स्थानीय तहमा १० लाख रुपैयाँ निकासा गरेको छ । त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा पाँच लाख, औषधिका लागि ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिक बाफत चार लाख ५० हजार रुपैँया खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।