दुई महिना देखि डुङरी जलविद्युत मर्मत हुन सकेन,, 

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दुई महिना देखि डुङरी जलविद्युत मर्मत हुन सकेन,, 

दृष्टिकोण समाचार असोज २१ दार्चुला ।  दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको डुङरी जल विद्युत आयोजना बन्द भएको २ महिना सम्म पनि मर्मत हुन सकेको छैन । जिल्लाको बैकल्पीक विद्युत्त गृहमा गत साउन महिनाको ५ गते बाढि पसेपछि विद्युत्त सेवा बन्द भएको थियो । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जोडिनु अघि दार्चुला सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा डुङरी जलविद्युत योजनाबाट विद्युत्त सेवा दिइएको थियो । बाढीले जलविद्युत्तको पावर हाउसमा रहेका उपकरणहरुमा क्षती भएको छ । २०४३ सालमा निर्माण गरिएको उक्त जलविद्युत्त आयोजनाको क्षमता २ सय किलोवाट रहेको छ । विधुत गृहभित्र झण्डै ३ फिट जति बालुवागिट्टी भरिएर सुचारु गर्नका लागि बेलाबेला आवाज उठाउँदा पनि मर्मत हुन सकेको छैन । उपकरणहरु पनि विग्रेका छन्, कुनै क्षेत्रबाट विद्युत्त गृह मर्मतको पहल नभएको नेपाल विद्युत्त प्राधिकरण डुङरी पावर हाउसका अपरेटर महादेव यादबले जानकारी दिनुभयो । बर्षका कारण साउन ५ गतेबाट डुङरी पवर हाउसमा पुर्ण क्षेति गरेको थियो । २०४३ सालमा निर्माण गरिएको उक्त जलविद्युत्त आयोजनामा  झण्डै ५० लाख बराबरको क्षेति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।