घाँटी बगडको घोरेटो बाटोको निमार्ण सम्पन्न पछि फिर्ता भयो सेनाको टोली ।

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

घाँटी बगडको घोरेटो बाटोको निमार्ण सम्पन्न पछि फिर्ता भयो सेनाको टोली ।

दृष्टिकोण समाचार असोज २१ दार्चुला । दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर २ को घाटीबगड क्षेत्रमा बाटो निर्माणमा खटिएको नेपाली सेनाको टोली मंगलवार फिर्ता भएको छ । सेनाले जिम्मा पाएको सो क्षेत्रको ५ सय ५० मिटर घोरेटो बाटो निर्माण सम्पन्न पश्चात सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्त्रण गरेपछि टोलीफिर्ता भएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपती विक्रमदेव थापाले जानकारी दिनुभयो ।नेपाली सेनाको विभिन्न गुल्म तथा गणहरुबाट खटिएका ६५ जनाको टोली र स्थानीयले उक्त बाटोमा काम गरेका थिए ।