शंकरपुरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सम्पन्न

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

शंकरपुरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सम्पन्न

पुष्पा धामीअसोज २१ दार्चुला ।मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य चेकजाँच परामर्श तथा औषधी वितरण कार्यक्रम अन्तगत बुधबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ को शंकरपुरमा कार्यक्रम गरिएको छ । दुर दराजमा रहेको आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा स्वास्थ्य संस्था सम्म जान नसक्ने जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रबद्र्धनको लागि समुदाय स्तरमा र घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिईन लगेको छ । विश्वभर कोभिड—१९ कोरोना भाईरसको महामारीको कठिन क्षणमा खास गरी जेष्ठ नागरिकहरु बढी जोखिममा रहेका छन । यसलाई मध्यजनर गर्दै कोरोना संक्रमणबाट बच्ने उपायको बारेमा जानकारी दिइएको मालिकार्जुन गाउँपालिका फोकल पर्शन हेल्थ असिस्टेन्ट तिलक सिह धामीले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत बुधबार १५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको हेल्थ असिस्टेन्ट धामीले जानकारी दिनुभयो ।